Machchar
हुलाकी न्यूज, बीरगञ्ज ४ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टीले बीरगञ्जमा मच्छर निर्मुल गर्न माग गरेको छ ।

बीरगञ्ज उपमहानगरपालिका भित्र मच्छरले सर्वसाधारणलाई सास्ती दिने गरेको र रोग फैलाउने गरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई मच्छर नियन्त्रणका लागि ज्ञापन पत्र बुझाइएको हो ।

रामसपाले बुझाएको ज्ञापन पत्रमा बीरगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणको कामहरु निकै ढिलासुस्ती पूर्वक हुने गरेकोप्रति ध्यानाकर्षण गराइएको छ ।

उपमहानगरपालिकाको बजेटसमेत हिनामिना हुने गरेको आरोप लगाउँदै रामसपाले विकासको रकम विकास मै खर्च गर्न आग्रहसमेत गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेखित मागहरु पुरा नभएको खण्डमा आन्दोलन गर्ने चेतावनीसमेत रामसपाले दिएको छ ।

Ramasapa-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.