
हुलाकी न्यूज, जनकपुर, ३ चैत । जनकपुर लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागु पर्वको आगमनसँगै गाइने परम्परागत गीत जोगिरा लोप हँुदै गएको छ । फागुभन्दा एक महिना पहिलेदेखि नै अर्थात श्रीपञ्चमीपछि मिथिलाका प्रत्येक गाउँ तथा टोल टोलमा विगतका वर्षमा सुनिने गरेको जोगिरा अब सुनिने क्रम घटेको यस क्षेत्रका वयोवृद्धहरुको भनाइ छ ।
पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा साँझदेखि रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो । डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्षविनोदका भावगीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हँदै गएको छ ।
फागु मनाउन मात्र एक हप्ता बाँकी रहँदा पनि मिथिला क्षेत्रका ६६ गाविस र तीन नगरपालिकाका कुनै पनि गाउँ ठाउँमा यस वर्ष जोगिरा सुन्न नपाइएको मिथिलाञ्चलवासी बताउँछन् । मिथिलाञ्चलमा फागुका अवसरमा गाइने जोगिरा साँस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको छ ।
पहिले पहिले जोगिरा गाउन फागुको एक महिना पहिले नै देश परदेशमा रोजगारीमा गएका युवा घर फर्केर आउँथे र एक महिनासम्म प्रत्येक राति जोगिराले गाउँ÷गाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको स्थानियको भनाइ छ ।
जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गएको र मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको छ । जोगिरा गाउने परम्पराको संरक्षणको आवश्यकता रहेको बताउँदै वृद्ध होलैयाहरुले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यो लोप हुँदै गएको निष्कर्ष निकालेका छन् ।
(File Photo)




We must continue & protect our maithili culture and festival it is our part of identity.