fire

हुलाकी न्यूज, राजविराज, ३ चैत्र । सप्तरीको हनुमानगर योगिनीमाई नगरपालिका–३ मा बुधवार दिउँसो आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

आगलागीमा परी श्यामसुन्दर खङ्गको ३ ओटा फुसको घर जलेर नष्ट भएको हो भने, नगद २ लाख, चाँदी ४० भरी, टेलिभिजन, मोबाइल, फर्निचर, खाद्यान्नसमेतका समानहरु जलेर खरानी भएको पीडित खङ्गले बताएका छन् ।

स्थानीय बासिन्दा, ईलाका प्रहरी कार्यालय हनुमाननगर र राजविराजबाट गएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । उक्त आगलागीमा करिब १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.