
हुलाकी न्यूज, चैत्र ३, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल ओयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
निगम व्यवस्थापनले संस्थागत रुपमा कालोबजारी गरेर उपभोक्ताहरुमाथि लुट मच्चाइरहेको भन्दै दोषीमाथि कारवाही गर्न अनेरास्ववियूले अख्तियारमा उजुरी दिएको हो ।
अनेरास्ववियुको टोलीले कालोसूचीमा परेको निजी क्षेत्रको विराट पेट्रोलियमलाई प्रतिलटर ३१ रुपैयाँ बढिमा पेट्रोल बेच्न दिने निर्णयका पछाडि ठूलो आर्थिक चलखेल रहेको भन्दै चलखेलमा संलग्न पदाधिकारीमाथि कारवाहीको माग गरी बुधबार अख्तियारमा उजुरी दर्ता गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष नविना लामासहितको टोलीले दर्ता गरेको उजुरीमा विराट पेट्रोलियमसँगको सम्झौता खारेज गर्न तथा कालोबजारी र संस्थागत भ्रष्टाचारमा संलग्न निगमका पदाधिकारीमाथि कारवाहीको माग गरिएको छ ।



