prostituion
हुलाकी न्यूज, सप्तरी, ३ चैत्र । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित सप्तरीमा पाँच जना बुधबार रङ्गेहात पक्राउ परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु युनिक होटेलमा अवैध यौनधन्दा चलिरहेको सुँइको पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले यौनधन्दा गर्ने क्रममा दुई जना युवा र दुई जना युवतीलाई रङ्गेहात पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

पक्राउ पर्नेमा होटल सञ्चालक सिरहा लहान नगरपालिका–३ का ३२ वर्षीय विजयकुमार महतो, भारतको मधुवनी लौकाहा ग्राम पञ्चायत २ निवासी २२ वर्षीय सुनिलकुमार साह र सोही ठाउँका २० वर्षीय विनोदकुमार साह तथा दुई जना युवती रहेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.