Dead body in a mortuary
Dead body in a mortuary

हुलाकी न्यूज, नेपालगञ्ज, ३ चैत्र । नेपालगन्जको एक होटलमा एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।

नेपालगञ्जस्थित धम्बोझी नजिकै रहेको होटल सम्मानमा सोमबार राति बास बसेका अन्दाजी ४५/५० वर्षका भारतीय नागरिक जेआर सिंह मंगलबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सिंह गनापुरस्थित एक कम्पनीका इञ्जिनियर भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताए ।

यसअघि पनि एक हप्ताअगाडि न्युरोडको कस्तुरी होटलमा बास बसेका एकजना बेलायती नागरिक मृत भेटिएका थिए ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.