
हुलाकी न्यूज, जलेश्वर २ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका २५ जना नेता तथा कार्यकर्ताहरुमाथि जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेको छ ।
मंगलबार जिल्ला अदालत महोत्तरीले सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवसहित मधेशी मोर्चाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गरेको छ ।
महोत्तरीमा असई थमन विकको मृत्युको घटनामा जिल्ला अदालतले फरार रहेको भनिएका २५ जनामाथि पक्राउ पुर्जी जारी गरेको छ ।
साथै पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।



