Jaleswar_dharna

रंजन भण्डारी, जलेश्वर २ चैत । महोत्तरी प्रहरीले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै रिहाकाईको माग गर्दै जलेश्वरका आन्दोलनकारीहरुको परिवार धर्नामा बसेका छन् ।

प्रहरीले पक्राउ गरेका जलेश्वर २ का प्रदिप साहकी श्रीमतिसहित उनका परिवार धर्नामा बसेका छन् । उनीहरु जिल्ला अदालत अगाडि धर्नामा छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको व्यानरमा बसेर पक्राउ परेका जलेश्वर २ निवासी प्रदिप साहकी श्रीमति, भाउजु तथा परिवारका अन्य सदस्यसहित मोहन ठाकुर र संजय कुमार साहका परिवारसमेत गैरकानुनी गिरफतारी गरिएको भन्दै अदालत बाहिर धर्नामा वसेका छन् ।

पक्राउ परेकाहरुका आफन्तले निर्दोष व्यक्तीहरुलाई समातेर सरकारले आफुहरुमाथि ठूलो अन्याय गरेको बताउदै निशर्त उनीहरुको रिहाईको मांग समेत गरेका छन् ।

जारी मधेश आन्दोलनको क्रममा भाद्र २५ गते मृत्यु भएका शसस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा पक्राउ परेका ३ जना तथा फरार भनिएका २५ गरी २८ जनामाथि दायर गरिएको अभियोग पत्रमाथि मंगलबार दोस्रो दिन पनि वहस जारी रहेको छ ।

विहान ११ः३०मा सुरु भएको वहस भने आजै सकिने वा भोली पनि जारी रहने भन्ने सो साझ मात्र प्रस्ट हुने अधिवक्ता विकरु यादवले बताएका छन् ।

यता सोमवार मात्र ७ जना नेपाल वार एशोसिएसन महोत्तरीका अधिवक्ताहरुले वहस सकेका छन भने आज बांकी रहेका धनुषा र महोत्तरीका अधिवक्ताहरुले वहस गर्न सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.