Jaishankar
हुलाकी न्यूज, काठमाडौं २ चैत । भारतीय विदेश सचिव एस जयशंकरले मधेश अशान्त भए भारत पनि अशान्त हुने बताएका छन् ।

मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँगको भेटघाटमा सचिव जयशंकरले मधेशमा आन्दोलन जारी रहेको अवस्थामा त्यसको प्रभाव भारतमा पनि पर्ने र मधेश जस्तै भारत पनि अशान्त हुने बताएको सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मण लाल कर्णले हुलाकी न्यूजलाई बताए ।

कर्णका अनुसार भेटघाटमा मोर्चाका नेताहरुले आफ्ना कुराहरु राखेको र पुनः आन्दोलनको विकल्प नरहेको जानकारी गराएको बताए ।

काठमाडौंस्थित होटल द्वारीकामा विहान साँढे ९ बजेतिर भएको भेटघाटमा सचिव जयशंकरले आफू सबै पक्षसँग भेटघाट गरिरहेको बताए ।

जयशंकरलाई उधृत गर्दै कर्णले भने,‘सबै पार्टी मिलेर जानुको विकल्प छैन । हामी मिलाउने प्रयासमा छौं । सबै जनताले अधिकार पाउन् भन्ने पक्षमा छौं ।’

1 COMMENT

  1. These salaried people cannot be the factor to build the relation but they are there to damage it. Such people must not be highlighted the way, you press people doing. He is not a leader, he is just a puppet.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.