हुलाकी न्यूज, काठमाडौं, २६ भदौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले मधेशमा आन्दोलनरत सम्पूर्ण शक्तिलाई स्वतन्त्र मधेशका लागि संयुक्त आन्दोलन गर्न अपिल गरेका छन् । उनले मधेशी, थारु, कोचिलाआबद्ध दल, मोर्चा, नागरिक समाजलगायत सरोकारवाला सबैको नाममा पत्र लेख्दै संयुक्त रुपमा स्वतन्त्र मधेशतराई देशका लागि शान्तिपूर्ण आन्दोलन अघि बढाउन अपिल गरेका हुन् ।
डा. राउतले झण्डै एक महिनादेखि मधेशतराईमा चलिरहेको आन्दोलनले नेपालमा मधेशतराईको अस्तित्व प्रष्ट भइसकेको कारण मधेशी जनताका लागि अन्तिम विकल्प स्वतन्त्र देश नै रहेको बताएका छन् ।
अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा पनि नेपाली सेना र सशस्त्र प्रहरी लगाएर सिंगो मधेशरतराईलाई दमन गरिनु र मधेशरतराईको जनताको नरसंहार र विस्थापित गर्ने अपरेशन चलाउनुले स्वतन्त्र मधेशरतराईबाहेक अर्को विकल्पन नरहेको उनको ठहर छ ।
डा. राउतले संघीयतापछिको मधेशतराई कस्तो हुने भन्नेबारे विभिन्न प्रश्न उठाउँदै अहिले नै नेपाली सेनाले संविधानबाट ‘लोकतान्त्रिक’ र ‘समावेशी’ शब्द हटाइसकेका कारण संघीयता आइसकेपछि पनि मधेशीमाथि सेना र सशस्त्र प्रहरीको दमन जारी रहने बताएका छन् ।
उनले सेना लगाएर संविधान, नियम र कानूनलाई जुनै बेला पनि खारिज गर्न सकिने भन्दै ‘आत्मनिर्णय सहितको स्वायत्त मधेशरतराई’ को कुरा संविधानमा लेखाउनुपर्ने बताएका छन् ।
उनले संघीयतापछि मधेशीका लागि नागरिकता नीति, विदेश नीति र सुरक्षा नीति मधेशरतराई प्रदेश कै हातमा हुने वा नहुने बारे प्रश्न उठाएका छन् । त्यस्तै बिगत ५० वर्षमा मधेशरतराईमा पहाडीहरू ६५ बाट बढेर ३३५ भइसकेको र अर्को २०–२५ वर्षमा यो संख्या झनै विकराल हुनसक्ने बताउँदै मधेशरतराईमा पहाडीहरू आएर बस्ने र कब्जा गर्ने क्रम रोकिने वा नरोकिने बारे प्रश्न उठाएका छन् ।
संघीयतापछि मधेशरतराईको जागिर मधेशरतराईकै जनतालाई दिइने ग्यारेन्टी बारे प्रश्न उठाउँदै डा. राउतले मधेशरतराईको स्रोत र सम्पतीमाथि मधेशरतराई प्रदेश को पूर्ण नियन्त्रण रहने वा नरहने भन्ने प्रश्न राखेका छन् ।
डा. राउतले नागरिकताको लडाई मधेशीले १०० वर्ष पहिलेदेखि लडिरहेको र स्वायत्त मधेशरतराई र समानुपातिक समावेशीको माग २००८ सालमा नै ‘तराई कांग्रेस’ले सशक्त रूपमा उठाएको केलाउँदै आउने सैयौं वर्षसम्म पनि त्यही मागका लागि मधेशी जनताले बलिदानी दिनुको औचित्यमाथि प्रश्न उठाएका छन् ।
राउतले अब गाउँगाउँमा, अधिकांश जुलुस र सभाहरूमा ‘स्वतन्त्र मधेशरतराई’ को नारा लाग्न सुरु भइसकेको भन्दै नेतृत्ववर्गले जनताको आकांक्षालाई अन्यत्र मोड्न खोजेको आरोप लगाएका छन् ।
उनले मधेशरतराईका सभासद्हरूले नेपालको संविधानसभाबाट राजीनामा दिएर नागरिक समाज समेत मिलाई ‘अन्तरिम मधेशरतराई संसद्’ गठन गरेर स्वतन्त्र मधेशतराई देशका लागि आन्दोलन गर्नुपर्ने र यसमा स्वतन्त्र मधेश गठबन्धन सहकार्य गर्न तयार रहेको बताएका छन् ।








malai lagxa ck rawat pagal vayeko xa uslai upachar ka lagi ranchi jel ma pathaunu parxa jaha pagal haruko upachar hunxa
हामी हजाराै वर्ष पहिला देखि मिली बसी अाएका हरूलाइ एक देश अर्काे देश भन्दै अलग अलग जातीय द्न्द फैलाउने तिर भन्दा सबै मिली जुली शान्ति पुर्ण तरीकाले अान्दाेलन गराै यि सबे नेताहरू अाफुहरू चर्चामा अाउनका लागी विभीन्न नाटक हरू गर्दै छन । हामी नेपाली हरू एक जुट हाै र सबैमा चेतना जगाउ नेताहरू देश विकास भन्दा पनि अाफ्नाे गाेजी भर्न तिर लागेका छन।
samaya le yahi jayaz mang ho bhani sanket gareko xa…. aba hami rokinu hudaina jaba samma haimle hamro jayaz adhikar paudainau…. yadi diyena bhane… SWATANTRA MADHESH ko lagi ajha bali kina na dinu parosh tara dasatwa aba hami madhesilai swikarya xaina…..desh bikhandan tira lana khojne antatagotwa sarkar nai jimmewar hunexa,,,,, Jai Madhesh !!!
Hello, thx for info. See u latter.