
हुलाकी न्यूज, सिरहा १ चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’माथि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुद्वारा आक्रमणको प्रयास भएको छ ।
सिरहा जिल्लाको तेइसौं जिल्ला परिषद उद्घाटन गर्न आएका प्रचण्डमाथि मोर्चाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेको हो ।
कार्यक्रममा पूर्वमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवसहितका नेता तथा कार्यकर्ताहरुले प्रचण्डमाथि आक्रमणको प्रयास गरेको थियो ।
नेता यादवसहित मोर्चाका अन्य तीन जना पक्राउ परेका थिए । उनीहरुलाई गएअवेर राति रिहा गरिएको छ ।
कार्यक्रममा प्रचण्डको विरोधमा नारावाजी गर्दै मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोल्ने प्रयासँगै प्रचण्डमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा कडा गरिएको थियो ।
सुरक्षा कडा भएपछि मोर्चाका नेताहरुले नारावाजी गर्दै कार्यक्रम बहिस्कार गरेका थिए ।




