
हुलाकी न्यूज, काठमाण्डौ, ३० फागुन । मधेशी मोर्चाका नेताहरु फेरि दिल्ली गएका छन् । नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयेश त्रिपाठी लगायतका नेताहरु आइतबार बिहान नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएको बुझिएको छ ।
तमलोपाका केन्द्रीय सदस्य चन्दा चौधरी अध्यक्ष रहेको नेपाल भारत महिला मैत्री समाजको निमन्त्रणामा मधेशवादी दलका नेताहरु भारत गएका हुन् ।
उक्त कार्यक्रममा सहभागिता जनाउन मधेशी मोर्चाका नेताहरुका साथै नेपालबाट अधिकारकर्मी दमननाथ ढुंगाना, विजयकान्त कर्ण लगायत पनि दिल्ली गएका छन् ।
मधेस मुद्दा सम्बोधन गर्न दवाब दिने भन्दै हुन लागेको कार्यक्रममा तराई मधेस सद्भावना पार्टी बाहेकका मोर्चाका नेताहरुलाई बोलाइएको छ । तर, मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने दिल्ली नगइ रौतहटमा छन् ।



