acid-attack
हुलाकी न्यूज, दाङ, ३० फागुन । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेकि एसीड आक्रमणबाट घाइते भएकी दाङकी रीता चौधरीले आफूलाई रिस साँध्न एसिड हानिएको दाबी गरेकि छिन् ।

बिहिबार बेलुका पसल बन्द गर्ने समयमा ग्राहक बनेर पुगेका दुइ व्यक्तिले उनको अनुहारमा एसिड हानेका थिए । आक्रमणबाट उनको दायाँ गालादेखि छातीसम्म जलेको छ ।

बेहोस अवस्थामा कोहलपुर पु¥याइएकी रीता अहिले बोल्न सक्ने भए पनि छातिको दायाँ भागमा अझ पोलिरहेको बताउँछिन् ।
कसले र किन उनीमाथि एसीड आक्रमण भएको हो भन्ने कारण खुलिसकेको नभएतापनि रीताले आफूमाथि एसीड हान्ने मान्छे पसलको नियमित ग्राहक भएको दाबी गरेकि छन् । आफ्नै पसलबाट उधारो सामान लग्ने व्यक्तिले एसिड हानेको उनी बताउँछिन् ।

उनका अनुसार छिमेकमै बस्ने एक ग्राहकले पसलबाट सामान उधारो लगिरहन्थे । रीताले उनको नाम एकिन नभएको बताइन् । उनले भनिन् , ‘छिमेकमा त्यसलाई मिश्रा भनेर बोलाउँथे ।’ उधारोमा सामान लगेको पैसा रीताले माग्दा उसले दिन्न भनेपछि झगडा भएको थियो ।

रीताका अनुसार विवाद भएको केही दिनपछि ती व्यक्तिले रकम तिरेपनि त्यस व्यक्तिले आफूमाथि रिस साँध्न एसिड हान्ने योजना बनाइरहेको उनले सुँइको पाएकी थिइन् । यो घटनाको एक महिनापछि उनीमाथि यस्तो आक्रमण भएको हो ।
ती व्यक्तिसँग रीताको जग्गा विवाद समेत थियो । उसले आफ्नो एक हात जग्गा मिचेको दाबी गर्दै रीताले भनिन् , ’त्यसको रीस पनि साँधेको होला ।’ रीताको परिवारले भने तिनै व्यक्तिको नाममा किटानी जाहेरी दिएको छ ।

यता प्रहरीले आफूहरु अपराधी नजिक पुगिसकेको बताइरहेको छ । प्रहरीका अनुसार ती व्यक्ति घटनापछि फरार छन् र उनको व्यापकरुपमा खोजी भइरहेको छ ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.