हुलाकी न्यूज, महोत्तरी, ३० फागुन । महोत्तरीको इटहर्वाकट्टी ६ भोल्हीस्थित खाली खेतमा शनिबार दिउँसो बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

नाम, थर र वतन खुल्न नसकेको अन्दाजी ३५ वर्षीय पुरुषको शव इटहर्वाकट्टी ६ भोल्ही स्थित तपेश्वर सिंहको खाली खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक मागी खाँदै हिँड्ने पुरुष रहेको स्थानीयको भनाइ छ ।

शव फेला परेको खबर पाएलगतै घटना स्थल पुगेको प्रहरी टोलिले घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.