हुलाकी न्यूज, काठमाडौं, २६ भदौ । मधेशमा भइरहेको प्रहरी दमन र हत्याको विरोधमा मधेशी युवाहरुको समूहले मौन जुलुस निकालेको छ । शुक्रबार साँझ ६ बजे थापाथली इन्जिनियरिङ्ग क्याम्पसबाट युवाहरुको समूह ‘प्रे फर मधेश’ ले शान्तिपूर्ण मौन जुलुस निकालेको हो ।

करिब दुई सयको संख्यामा युवाहरुको सहभागिता रहेको जुलुसमा ‘स्ट्याण्ड फर मधेश’,‘स्टप किलिङ्ग मधेशी युथ’,‘युएन, व्हेयर आर यू’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए ।

जुलुस माइतिघर मण्डलामा पुगेर शोकसभामा परिणत भएको थियो । जारी आन्दोलनमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै माइतिघर मण्डलामा मैनबत्ती बाल्नुका साथै एक मिनेट मौन धारण पनि गरिएको थियो ।

pray-for-madhesh2

कार्यक्रमको संयोजन संयुक्त रुपमा मधेशी युवाहरु प्रविण शाह, सत्येन्द्र ठाकुर, रवि शाह, रामबाबु यादव, हरिनाथ शाह र दिनेश शाहले गरेका थिए ।

शनिबार अपराह्न चार बजे माइतिघर मण्डलाबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनसम्म कालो पट्टी बाँधेर जुलुस निकाल्ने कार्यक्रम रहेको रवि शाहले बताए । उनले कार्यक्रममा सबै मधेशी युवा, बुद्धिजिवी र नागरिक समाजलाई आउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.