
हुलाकी न्यूज, काठमाडौं २८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई माग पुरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ ।
शुक्रबार विहान प्रधामन्त्री निवास पुगेका मोर्चाका नेताहरुले ध्यानाकर्षण पत्रमार्फत अल्टिमेटम दिएको हो ।
मोर्चाले बुझाएको चार पृष्ठको ध्यानाकर्षण पत्रको दुई नम्बर पेजमा चैत मसान्तसम्म मधेशी मोर्चाको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
मोर्चाको ध्यानाकर्षण पत्रमा सात बुदे माग समावेश गरिएको छ ।
मागहरुमा १ नम्बरमा संविधान पुर्नलेखनको माग गरिएको छ भने दुई नम्बरमा आन्दोलनका क्रममा नेपाल सरकारद्वारा मारिएकाहरुलाई सहिद घोषणा तथा घाइतेहरुको उपचार गर्न माग गरिएको छ ।
त्यस्तै तीन नम्बरमा घटनाहरुका बारे छानविन आयोगको माग गरिएको छ भने चार नम्बरमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता तथा पक्राउहरुलाई रिहाई गर्न माग गरिएको छ ।
पाँच नम्बरमा भूकम्प पीडितलाई राहन दिन माग गरिएको छ भने ६ नम्बरमा कालाबजारी अन्त गर्न माग गरिएको छ । अन्तिममा आन्दोलनका क्रममा कार्यालय बन्द रहेको समयको कर तथा जरिवाना मिनहाको माग गरिएको छ ।






LAZAEL BILAI (BILLY)KHAMBHA NICHHORE.THIK YASTAI HALAT 6 MADHESHI NETA KO.
AB MADHESHI NETA KATORA LIERA BHIKHA MANGE HUNCHHA.
BHIKHAM DEHI ,BHIKHAM DEHI.