Madheshi-mahagathabandhan
हुलाकी न्यूज, काठमाडौं २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

विहीबार बसेको मोर्चाको बैठकले शुक्रबार विहान ९ बजे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

उक्त पत्रमा मधेशी मोर्चाको ११ बुँदे मागसहित घाइतेको उपचार खर्च तिर्न तथा मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै मधेश आन्दोलनका क्रममा वा घटनाहरुमा लगाइएको मुद्दा फिर्ता तत्काल गर्न माग गरिएको छ ।

साथै आजको मोर्चाको बैठकले न्यायाधिश नियुक्तीलाई समानुपातिक समावेशी गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.