Madheshi_morcha_sachibalaya
हुलाकी न्यूज, काठमाडौं २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई ज्ञापन पत्र बुझाउने विषयमा छलफल गर्दैछ । साथै आन्दोलनका भावी कार्यक्रम बारे पनि जानकारी दिदैछ ।

विहीबार तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालमा बस्ने मोर्चाको बैठकमा सरकारलाई बुझाईने ज्ञापन पत्रलाई फाईनल गर्नेछ ।

सचिवालयले तयार पारेको ज्ञापन पत्रको खाकालाई मोर्चाका नेताहरुले मुर्तरुप दिनेछ ।
सदभावना पार्टीका महासचिव मनिष सुमनले दिएको जानकारीअनुसार दिउँसो बस्ने बैठकमा भावी रणनीति बारे पनि छलफल हुनेछ ।

यता मधेशी मोर्चा श्रोतका अनुसार काँग्रेसको महाधिवशेन सकिने लगतै आन्दोलनका कार्यक्रमहरुले तीब्रता पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.