हुलाकी न्यूज, जनकपुरधाम २७ फागुन । मधेशको बहुचर्चित मिथिला मध्यमा परिक्रमा बिहीबार भारतको गिरिजास्थान पुगेको छ । मंगलबारदेखि सुरु भएको परिक्रमा बुधबार भारत बिहारको मधुबनी जिल्लास्थित कल्याणेश्वरनाथमा बास बसेका थिए ।
बुधबार बिहान त्यसतर्प प्रस्थान गरेका परिक्रमा यात्रीहरुले त्याहा पुगेर स्नान गरी कल्याणेश्वर महादेव मन्दिरमा दर्शन पुजा गरेका छन् ।
यस वर्ष पनि हजारौको संख्यामा श्रद्धालुहरु परिक्रममा सामेल भएका छन् ।
बिहीबार परिक्रमा भारतको गिरिजास्थान पुग्दै छन । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने छन् । गिरिजास्थानको रात्री विश्रामपछि परिक्रमाको लस्कर नेपाल प्रवेश गर्ने छन् । नेपालको महोत्तरीको विभिन्न स्थानको परिक्रमा गर्दै धनुषा प्रवेश गर्ने छन् ।
गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजार डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारी मधवापुरबाट समेत श्रद्धालु आउने गर्छन् । मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्ले धार्मिक छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउ माण्डब्य ऋषिको बासस्थानले प्रख्यात छ ।
यहाबाट ‘ध्रुवको तपोभूमि धु्रवकुण्ड’ पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान रामको होली उत्सव कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । सो स्थान पाच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउमा श्रीरामले भाचेको धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ ।
त्यसपछि दशमी तिथिमा सतोखर भन्ने ठाउमा तीर्थालु बास बस्छन् । सो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । सतोषरबाट औरही, करुणा हु“दै परिक्रमा यात्री भारतको कल्याणेश्वर प्रस्थान गर्ने छन् । कल्याणेश्वर मन्दिरको साक्षी मेट्दै परिक्रमा यात्री बिसौलमा रात्री विश्राम बसेर भोलीपल्ट जनकपुर आउने छन् । जनकपुरमा अन्तगृह परिक्रमा गरेपछि १५ दिवसीय मिथिलाको ‘कुम्भ’ सम्पन्न हुने आजको जनकपुर टुडेले छापेको छ ।



