
हुलाकी न्यूज, काठमाडौं २७ फागुन । नेकपा (माओवादी)का संयोजक मातृका यादव नेतृत्वको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको राजनीतिक सम्मेलन बैशाखमा हुने भएको छ । चैतमा गर्ने भनिएको राजनीतिक सम्मेलन सार्ने निर्णय गरिएको यादवले बताएका छन् ।
तोकिएको समयमा एसएलसी परीक्षा पर्ने भएको भन्दै बैशाखमा राजनीतिक सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ ।
बुधबार बसेको आन्दोलन समितिको बैठकले बैशाख १८ देखि २० सम्म सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले यस अघि देशका विभिन्न स्थानमा भएका बिरोध प्रदर्शन, राजनीतिक गोष्ठिहरु सफल भएको निश्कर्ष निकालेको छ ।
आनदोलन समितिले मधेशी जनतालाई आन्दोलनमा संगठित गर्नको लागि निकट भविष्यमा मधेशमा आन्दोलनहरु गर्ने जनाएको छ ।




बहुत निक नेता ji madhesh me matrika yadav ke jarut xai yek asal imandar neta matrika matra xai madheshi me ka neta