Chhireswarnath
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २६ फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत हरिहरपुरमा पर्ने क्षीरेश्वरनाथ महादेव मन्दिरको बुधवार सरसफाई गरिएको छ ।

महाशिव रात्रीको अवसरमो श्रद्धालुभक्तजनहरुको घुईचो कारण अव्यवस्थित एवं फोहर बनेको मन्दिर परिसरलाई नेपाली सेना, खोखो एकेडेमी तथा स्थानीयबासी मिलेर सरसफाई गरेको हुन् ।

महेन्द्रनगरस्थित नेपाली सेनाको गोरखनाथ गण, खोखो एकेडेमी महेन्द्रनगर तथा सो स्थानका स्थानीयबासीहरुको पहलमा मन्दिरको सरसफाई गरिएको खोखोका अध्यक्ष रामकेवल राउतले जानकारी दिएका छन् ।

बुधवार विहान ७ बजेदेखि सुरु भएको सरसफाई कार्यक्रममा नेपाली सेनाका कर्णेल खेमराज अधिकारी सहित २०० सेना, खो–खो एकेडेमीका कृष्ण कुमार यादव, जंगीलाल महतो तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.