bikash-tiwari-sadbhawana
हुलाकी न्यूज, काठमाडौं २६ फागुन । मधेशमा सेना परिचालन सम्बन्धी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीको वक्तव्यको विरोध मधेशीहरुले गर्दैछन् ।

यसैक्रममा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले नेपाली सेना मधेशीसँग हार्ने बताएका छन् ।

अध्यक्ष तिवारीले मधेशीहरु अधिकारको लडाईमा रहेकोले अधिकारको लडाईलाई दबाउन खोज्ने नेपाली सेना मधेशीसँग पराजित हुने बताएका छन् ।

हुलाकी न्यूजसँगको कुराकानीमा अध्यक्ष तिवारीले मधेश मुक्तिका लागि मधेशीहरु नेपाल सेनासँग पनि भिड्न तयार रहेको बताउँदै मधेशीहरु बलिदानी दिनबाट पछि नहट्ने चेतावनी दिए ।

प्रधानसेनापतिको अभिव्यक्ति गैरजिम्मेबार भएको भन्दै नेपाली सेनाले धम्कीपूर्ण भाषाको प्रयोग गर्नु देशका लागि घातक हुने तिवारीले जारी गरेको विज्ञप्तिमा पनि उल्लेख गरिएको छ ।

साथै नेपाली सेनाको यस्तो हर्कत बारे छानविन गरी कारवाहीको दायरमा ल्याउन तिवारीले मागसमेत गरेका छन् । फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.