रंजन भण्डारी, जलेश्वर २६ फागुन । महिला दिवसमा विभिन्न कार्यक्रम भइरहँदा महोत्तरीमा एक जना श्रीमतिले आफ्ना श्रीमानको लिंग काटि दिएकी छन् ।
महोत्तरीको लक्ष्मिनिया वैरगिया ३ मा श्रीमतिले आफ्नै श्रीमानको संवेदनशिल अंग काटेको हो । दुई साताअघि मात्र १८ वर्षिय युवकसँग विवाह गरेकी युवतीले लिंग काट्को कारण खुल्न सकेको छैन ।
घरायसी विवाद कै कारण घटना घटेको हुनुपर्ने केहि स्थानीयको बुझाई रहेपनि यथार्थ भने अनुसन्धानपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराई बताउँछन् ।
हाल पीडित र पिडक प्रहरी सम्पर्कमा आईनसकेकोले थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाईते श्रीमानलाई थप उपचारको लागि भारतको सितामढी लगिएको र उनको अवस्था चिन्ताजनक रहेकोे स्थानीयवासीले बताएका छन् । फाईल फोटो



