
हुलाकी न्यूज, राजविराज, २५ फागुन । नेकपा एमालेका नेता एवम् युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले मधेसी मोर्चाको अव्यावहारिक र अवैज्ञानिक माग मधेस र देश दुबैको अहितमा रहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशन सप्तरीद्वारा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा सोमबार आयोजित ‘बर्तमान नेपालको संविधानको प्रकाशमा समावेशीकरण र आर्थिक सामाजिक समृद्धि’ विषयक विचार गोष्ठिमा मन्त्री मण्डलले यसो भनेका हुन् ।
मधेस र मधेसीका नाममा मुठ्ठीभर मानिसहरुले सम्पूर्ण पद र अवसर लिइरहेको मण्डलले बताएका छन् । मन्त्री मण्डलले अतिवादको खेती गर्नेहरुबाट सावधान रहन अपील गर्दै दुई लाख ३० हजार जनसंख्या भएको मधेसका उच्च जातीहरुले मधेसको नाममा अन्य ८५ प्रतिशत मधेसीहरुको भाग खाई भ्रमको खेती गरेको आरोप लगाए ।
विभिन्न देशको संविधानको तुलनात्मक अध्ययन गर्नेहरुले नेपालको संविधानलाई उत्कृष्ट रहेको बताएको उल्लेख गर्दै मधेसलाई कहिले जाती त कहिले भूगोल भनेर भ्रम सृजना गरी सदियौँदेखि मिलेर बसेका समुदायबीचको सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको उनको आरोप थियो ।
मन्त्री भएपछि पहिलोपल्ट गृहजिल्लाको खेलकुद कार्यालयमा
यसैबीच, खेलकुदमन्त्री मण्डलले खेलकुद विकास समितिको कार्यालय र कभर्ड हलको निरीक्षण पनि गरे ।
पदभार सम्हालेपछि पहिलो पटक गृहजिल्लाको खेलकुद कार्यालय पुगेका मन्त्री मण्डललाई खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारीहरु, विभिन्न खेलकुद संघका अध्यक्ष एवं खेलाडीहरुले पुष्पमाला लगाएर स्वागत गरेका थिए ।
कार्यालय र विभिन्न खेलकुद संघका अध्यक्षहरुले जिल्लाको खेलकुदको अवस्था र आवश्यकताका बारेमा मन्त्री मण्डललाई जानकारी गराउँदै योजना प्रस्तुत गरेका थिए ।
(File Photo)




Dalal harubat yastai aabhibyakti aune t ho ni! kukur le malikko nun sojhogareko.