Upendra-yadav
हुलाकी न्यूज, गौर, २५ फागुन । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् ।

रौतहट सदरमुकाम गौरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै सरकारलाई ध्यान दिन आग्रह गरे ।

उनले सरकारसँग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको भन्दै सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने विचार व्यक्त गरे । उनले जबसम्म संविधान पुनर्लेखन हुँदैन तबसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वरिष्ठ नेता अशोक राईको समेत उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.