
हुलाकी न्यूज, वीरगंज, २५ फागुन । मधेस समता पार्टीका केन्द्रिय अध्यक्ष एवं उद्योग राज्यमन्त्री मेघराज सहनीले मधेस आन्दोलनका घाइते पर्साका मन्शी पटेलसँग नारायणी उपक्षेत्रिय अस्पतालमा भेटघाट गर्नुका साथै आर्थिक सहयोग गरेका छन् ।
मन्त्री निषादले पटेललाई रु ६ हजार नगद सहयोग गर्दै अझ स्तरिय उपचारको लागी आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् । पर्सा बगही निवासी मन्शी पटेललाई मधेस आन्दोलनको क्रममा असोज ३ गते अर्थात् नेपालमा संविधान जारी भएकै दिन प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा गोली लागेको थियो ।
अस्पतालबाट निस्किने क्रममा मन्त्री निषादले सन्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै जारी मधेस आन्दोनलका शहिद एवं घाइतेहरुको त्याग खेर नजाने बताउँदै वर्तमान सरकार वार्ता र संवाद मार्फत मधेसको माग सम्बोधन तयार रहेको बताएका थिए ।



