
हुलाकी न्यूज, काठमाडौं, फागुन २४ । नेपाली सेनाको पृतनापतिहरूको समन्वयात्मक तथा पिएसओजको बैठकले मधेशी मोर्चाको मागअनुसार प्रदेशको सीमांकन हेरफेर भए पूर्वी, मध्यपश्चिम तथा सुदूरपश्चिममा जातीय द्वन्द्व हुनसक्ने भएकाले विद्यमान प्रादेशिक संरचना कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेको छ ।
मोर्चा र सरकारबिच सुझबुझमा सीमांकनको समाधान नभएको खण्डमा पूर्वमा लिम्बू, मध्यपश्चिममा मगर र सुदूपश्चिममा क्षेत्रीहरूको आन्दोलन हुनसक्ने र त्यसले मुलुकको राष्ट्रिय सुरक्षामा गम्भीर असर पुग्न सक्ने सेनाको निष्कर्ष छ ।
त्यसैगरी बैठकले देश टुक््रयाउने गतिविधि गर्दै हिँडेकाहरूलाई स्पष्ट प्रमाण हुँदाहुँदै पनि पक्राउ गरेर छाड्नु गलत भएको र यसले सुरक्षा चुनौती थप्ने पनि आइतबार सम्पन्न बैठकको निष्कर्ष छ ।



