?
?

हुलाकी न्यूज, राजविराज, २४ फागुन । सप्तरीको देउरी भरुवा गाविस वडा नम्वर–१ मा आइतबार अपरान्ह म्याजिक भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने १३ जना घाइते भएका छन् ।

राजविराज–हनुमाननगर सडकखण्डमा म्याजिक भ्यान दुर्घटना हुँदा म्याजिकका चालक सप्तरीका बभनगामा कट्टी निवासी २८ वर्षिय रामानन्द मण्डलको मृत्यु भएको हो । राजविराजबाट सकरपुराकालागि जन्ती लिन गइरहेको ना ३ ख ५०५५ नम्बरको बसमा को १ ज १५५१ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकका चालक मण्डलको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये १ नम्बर योगिनियाका–६ का ३५ वर्षिय बलराम मण्डल र भारदह–१ का ४५ वर्षिय विपिन कर्णलाई थप उपचारकोलागि विपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.