shahid
हुलाकी न्यूज, बीरगञ्ज, २३ फागुन । मधेश आन्दोलनका घाइते पर्साको बगहि निवासी मन्सी पटेललाई तराइ मधेश लोकतान्त्रीक पार्टिका अध्यक्ष महन्थ ठाकुरले रु पाँच हजारको आर्थिक सहयोग गरेका छन् ।

सहयोग लिँदै पटेलले अध्यक्ष ठाकुरलाई पैसा भन्दा पनि उचित उपचारको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । जारी मधेस आन्दोलनका शहीद एवं घाइतेको त्याग र समर्पणलाई खेर जान नदिन पनि उनले ध्यानाकर्षण गराएका छन् ।

आर्थिक अभावले उपचारमा समस्या भएको पटेलको गुनासो

आर्थिक अभावमा मधेस आन्दोलनका गम्भिर घाइते पटेलको उपचारमा समस्या भएको छ । जारी मधेस आन्दोलनको क्रममा पटेललाई असोज ३ गते अर्थात् नेपालमा संविधान जारी भएकै दिन प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा माईस्थानमा गोली लागेको थियो ।

गोली लागेपछि उनलाई बीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट काठमाण्डौ रेफर गरिएको थियो । अहिले काठमाण्डौबाट पुनः पटेललाई बीरगञ्ज रेफर गरिएको छ ।

आर्थिक अभावका कारण नेपाल बाहिर सुविधासम्पन्न अस्पतालमा उपचार गराउन सक्ने अवस्था नरहेको पटेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.