
हुलाकी न्यूज, जनकपुर, २३ फागुन । अवैध रुपमा ल्याएको ५ लाख १३ हजार भारतीय रुपैयाँ प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।
फुलगामा–८ हंसपटी टोल बस्ने २४ वर्षीय अजय कुमार महतो र २३ बर्षीय सुरेन्द्र कुमार महतोलाई प्रहरीले भारु सहित पक्राउ गरेको हो ।
जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्ट जाने चोकमा शंकास्पद अवस्थामा रहेका उनीहरुलाई शनिबार प्रहरीले चेकजाँच गर्दा अजय कुमार महतोले पछाडी पिठयूँमा भिरेको झोला भित्र अबैध रुपमा लिई आएको बिभिन्न दरका भारतीय नोटहरु बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको साथबाट नेपाल एसबिआई बंैक लिमिटेडको १ थान एटिएम कार्ड , मेगा बैंक नेपाल लिमिटेडको २ थान एटीएम कार्ड , नेपाल ईन्भेष्टमेन्ट बंैक लिमिटेडको २ थान एटीएम कार्ड र एभरेष्ट बंैक लिमिटेडको ४ थान एटीएम कार्ड समेत बरामद गरेको छ ।



