pakrau
हुलाकी न्यूज, वीरगन्ज, २३ फागुन । पर्सा प्रहरीले मालपोत कार्यालयका एक कर्मचारी सहित चार जनालाई किर्ते कागज बनाएर जग्गा बिक्री गरेको आरोपमा पक्राउ गरेको छ ।

वीरगन्ज मालपोत कार्यालयमा नायब सुब्बाका रुपमा कार्यरत ४७ वर्षिय मुरारी तिमिल्सीना , वीरगन्ज वडा नं. ८ का ३८ वर्षिय संदिप गुप्ता , उनकी श्रीमति इन्द्रावती गुप्ता र वीरगन्जकै ४२ वर्षिय राजेश गुप्तालाइ पर्सा प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

वीरगन्जको वडा नं. ८ मा इन्द्रावती गुप्ताको नाममा रहेको कित्ता नम्बर ५१ को एक धुर जग्गालाई मालपोत कार्यालयका कर्मचारीलाई मिलाएर किर्ते कागजपत्रको आधारमा सात धुरको क्षेत्रफल बनाएर इन्द्रावती र उनका श्रीमान सन्दिप गुप्ताले गत बैशाख ७ गते ललितपुरका सचेन्द्र महर्जनलाइ ८० लाख रुपैयाँमा बिक्री गरेका थिए ।

काठमाण्डौबाट फागुन १६ गते वीरगन्ज आएका महर्जनले आफु लिएर जग्गा भएको स्थानमा नापजोख गर्न जाँदा असली जग्गाधनीले हप्काउँदै उनलाई लखेटेपछि मात्र महजर्नले आफु ठगीएको थाहा पाए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा महर्जनले दिएको उजुरीको आधारमा प्रहरीले चारै जनालाइ पक्राउ गरेको हो । घटनामा मालपोत र नापी कार्यालयका अन्य कर्मचारीहरुको पनि संलग्नता रहेको पाइएको बताउँदै प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले अनुसन्धान अझै जारी रहेको र चारै जनालाइ ठगी तथा किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.