
हुलाकी न्यूज, सुनसरी, २३ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–७ स्थित चौधरी समुदायले निर्माण गरेको प्राचीन पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
शनिबार पौडी खेल्दै नुहाउन पोखरीमा केराको थामसहित पसेका दुई बालकमध्ये एक बालकको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोमा राईका अन्दाजी १२ वर्षीय छोरा कृष्टल राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार केराको थामसँगै साथीसँग पोखरीको बीचभागमा पुगेपछि दुवै जना पोखरीको बीचभागमा अत्तालिएर कहाल्लिइरहेका थिए ।
एकजनाले उद्धार गरेर पानी बाहिर ल्याउँदा कृष्टलको मृत्यु भइसकेको र अर्का बालक भने जीवित नै बाहिर निकाल्न सफल भएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
(File Photo)



