Surya-kiran-yadav

मेरो घाउ तिम्रो बन्न सकेन । म निरिह थिएँ तर तिमी म माथि निरन्तर प्रहार गर्दै गयौ ।

तल रुवावासी थियो भने माथि तिमी लाज नमानि मेरा काका–काकी , दाजु–भाई दिदि–बहिनी ,बाउ–आमाको लाश माथि दिपावली मनाउँदै थियौ । हामी त तिमीसँग हाम्रो अधिकार माग्दै थियौँ । तर तिमीले त हामी तिर बन्दुक ताक्दै गोली छाती र टाउकोमा ताकी ताकी हान्यौ ।

“धोती”? भनेर हेप्न खोज्यौ , हाम्रा सहिदलाई रुखबाट झरेको आँपसँग तुलना ग¥यौ । हामीलाई “माखे” भन्नबाट पनि पछि हटेनौ । तिमी त साँच्चीकै हिटलर भन्दा एक आना पनि कम रहेनछौ । नेपालमा खै कुन्नि कसरी जन्मियौ ?? तिमी जन्मिदा नाजी र फाषिस्टले पक्कै पनि भोज गरे होलान् ।

तिम्रो बोली पनि अचम्मको !! बेलगाम घोडा जस्तै । के के बोल्छौ बोल्छौ, तिमी आफैंलाई ठेगान हुँदैन । घर घरमा ग्यासको पाईपलाइन , लोड सेडिंग ६ महिनामा हट्ने जस्ता कुरा गर्दैछौ रे !! त्यसो भइदिए त आहा !! कति रमाइलो हुने होला । तर, विडम्बना ! यस्ता आश्वासन त भोट माग्नेले पनि दिँदैनन् ।

आफूलाई त ठूलो राष्ट्रवादी भन्दै हिँड्छौ । तिम्रो राष्ट्र«वाद अल्बर्ट आइन्स्टाईनले पनि बुझ्न सक्दैनन् । तिम्रो राष्ट्रवाद नस्लवादको पर्याय हो । दौरा सुरुवाल लाउँदैमा , खस भाषा बोल्दैमा , जय नेपाल भन्दैमा , भारतलाई गाली गर्दैमा तिमी राष्ट्रवादको ठेकेदार हुने तर मैले विविधताको सम्मान गर भन्दा म “विखण्डनकारी”? थुइकक !! तिम्रो दुई आनाको बुद्घि ! तिम्रो त नियतमै खोट रहेछ । सम्प्रदायीकता भन्ने कुरो तिम्रो हतियार होला तर हामीसँग सहिष्णुताको बलियो कवच छ ।

तिम्रो प्रहार असफल हुँदै गएको छ तैपनि तिमी बौलाहा जस्तै “जित्यौँ जित्यौँ” भन्दै चिच्याउँदै छौ । तिमी आफ्नै युटोपियामा बाँचीरहेका छौ ।

भारतलाई गाली गर्दा तिम्रो दिन बित्थ्यो तर भारत भ्रमणको निम्तो आएपछि सबैभन्दा बेसी त तिमीनै उफ्रिएका थियौ । आफ्नै मनले भ्रमणलाई राजकीय भन्दै गयौ , प्रचार नै ग¥यौ । बिचरा !! मोदीले त तिम्रो लागि भोज पनि गरेनन् बरु तिमीले चैँ गुजरातमा भारत माताको मुर्तिमा ढोगेको देखें । तिम्रो घमण्ड त सबै चकनाचुर भयो तर पनि तिमी भ्रमण सफल भयो भन्दै थियौ ।

मोदीको विरोध गरेर तिमीले जनतालाई झुक्याएका रहेछौ , तिमी त उहीले देखी नै मोदी भक्त रहेछौ । सरकारलाई सर्कस बनायौ । नेता त तिमी हुँदै होइन , तिमी त जोकर पो रहेछौ ।

सूर्य किरण यादव
(दिल्ली विश्वविद्यालय)

www.twitter.com/suryasky07

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.