
हुलाकी न्यूज, राजविराज, २२ फागुन । सप्तरीको कंचनरुप नगरपालिका–५ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख १८०५ नम्बरको बसले शुक्रबार राति ठक्कर दिँदा चितवनको भण्डारा गाविस–१ बस्ने २५ वर्षीया सुरज पर्जाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
पर्जालाई रोकीराखेको ना ५ ख ८५० नम्वरको बसबाट ओर्लिने क्रममा पछाडिबाट आएको बसले ठक्कर दिएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



