हुलाकी न्यूज, जलेश्वर २५ भदौ । एक जना सशस्त्र प्रहरीको मृत्यु पछि उग्र बनेका महोत्तरीका प्रहरीहरुले विभिन्न स्थानमा प्रवेश गरी कुटपिट गर्नुका साथै एक जना प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रहरीको गोली लागि २६ वार्षिय रामशिला मण्डलको मृत्यु भएको हो । महोत्तरीको उत्तरी भेग हाथिलेट घर भएका २६ वर्षिय मण्डलको प्रहरीको गोली लागि घटना स्थलमै मृत्यु भएको छ ।

प्रहरीको गोली लागि घाईते भएका मण्डलको स्थानीयहरुले उपचार गराउन अस्पताल लैजान खोज्दा प्रहरीले रोकेका थियो । त्यसको करिब १५ मिनेट पछि प्रहरीकै अगाडि उनको मृत्यु भएको स्थानीय नेताहरुले बताएका छन् । मृतक मण्डललाई प्रहरीले टाउँकोमा गोली हानेको हो । अहिले पनि त्यस स्थानमा प्रहरीले सर्वसाधारणलाई खोजी खोजी पिटपाट गरिरहेका छन् ।

यसबारे प्रहरीले पुष्टि गरेको छैन ।

1 COMMENT

  1. हान न हो हान गोली ति हत्याराहरुलाई देशको सुरक्षाकर्मीमाथि छानि छानी मार्नेहरुलाई । के टुलुटुलु हेरेर बसेको हँ सुरक्षाकर्मीहरु उच्च मोरलका साथ हत्याराहरुको मोरल डाउन गर्न गोली ठोक्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.