rahat-samagri-to-agnipidit
हुलाकी न्यूज, कपिलवस्तु, २२ फागुन । आगलागीबाट घरबारविहीन भएका कपिलवस्तु पत्थरदेइयाका पीडित परिवारलाई सांसद , उद्योग वाणीज्य संघ र प्रशाशनले राहत प्रदान गरेका छन् ।

आगलागीका कारण अन्न अनाज सहित सबै लत्ताकपडा नष्ट भएपछि भोकभोकै खुल्ला आकाशमुनि बस्न बाध्य अग्नीपीडितलाई कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेक प्रताप शाह, चन्द्रौटा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय ,गाविसको कार्यालय लगायतका विभिन्न सघं सस्थाले राहत वितरण गरेका छन् ।

सांसद अभिषेक प्रताप शाहले १६ क्वीन्टल चामल, लत्ताकपडा, त्रिपाल, लगायतका समग्री वितरण गरेको बताए । संसद शाहले पीडितको सहयोगका लागि गृहमन्त्रीलाई समेत जनकारी गराईसकेको र मन्त्रालयबाटै राहतको प्यकेज उपलब्ध गराउन अनुरोध गर्नुका साथै आगोवाट घाइते भएका परिवारलाई उपचारको विशेष व्यवस्था मिलाएको बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले १ लाख ८४ हजार नगद, ४५ थान कम्मल, चामल वितरण गरेको इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्येले जानकारी दिए ।

चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको टोलीले अग्नीपीडितको बस्तीमा पुगी पिडित ३६ घरपरिवारलाई चिउरा, नमकिन र चिनी वितरण गरेको सचिव दमन भाट क्षेत्रीले बताए । यस्तै पत्थरदेइया गाविसले पीडितलाई खाद्यान्न व्यवस्था गरेको गाविस सचिव कृष्णकुमार चौधरीले बताए ।

आगलागीबाट घरबार विहीन भएकाले राहत पाएपछि ठूलो राहतको महसुस गरेका छन् । आगलागीबाट बालबालिकाहरु सबैभन्दा मारमा परेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरुको अध्ययन सामग्री नै जलेपछि उनीहरु पढाइबाट समेत बन्चित हुनुपरेको छ ।

गर्मीसँगै अत्यधिक जोडले चलेको हावाहुरीले बिहीबार साँझ ४ बजे पत्थरदेइयामा आगलागी भएको थियो । आगलागीबाट ३६ घरगोठ जलेर नष्ट भएका थिए भने दुई जना घाइते भएका थिए । प्रहरीका अनुसार आगलागीबाट झण्डै ७० लाखको क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.