man-on-phone-dark
हुलाकी न्यूज, वीरगञ्ज, २२ फागुन । पर्सा प्रहरीले फोनमार्फत ज्यान मार्ने धम्की दिँदै रकम मागेको आरोपमा सर्लाहीका एकजनालाई पक्राउ गरेको छ ।

वीरगंज उपमहानगरपालिका १५ बस्ने सर्लाही बरहथवा ७ का १७ वर्षीय निखिल साह धम्क्याएर पैसा मागेको आरोपमा पक्राउ परेको बताइएको छ । साहले वीरगञ्जको अशोक इन्जिनियरिङ वर्कशपका सञ्चालकलाई धम्क्याएर ८० लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।

उनले वर्कशप सञ्चालकलाई फोन तथा म्यासेज गरी गत फागुन १६ गते ८० लाख रूपैयाँ मागेका थिए । आफुले मागेको रकम नदिएमा ज्यान मार्ने धम्की दिएपछि सञ्चालकले प्रहरीमा खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.