
हुलाकी न्यूज, सिरहा, २२ फागुन । लहान प्रहरीले उच्च माध्यमकि तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीमा फस्नबाट सचेत बनाउन विद्यालयमा प्रशिक्षण अभियान सञ्चालन गरेको छ ।
प्रहरीले सिराहाको लहान वडा नं.३ स्थित प्यारागन उच्च माध्यमिक विद्यालयमा ८० जना विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी सम्बन्धि तालिम दिएको छ । लहानका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
सो क्रममा लागु औषधको प्रयोगले मानिसमा पर्ने शारीरिक र मानसिक असर, लागु औषधको सेवनले व्यक्ति समाज र राष्ट्रलाई पार्ने असरको बारेमा प्रशिक्षणमा बताइएको थियो । यसको अन्त्यका लागि घरपरीवार, समाज र साथीभाईले खेल्नुपर्ने भूमिको बारेमा पनि चर्चा गरीएको थियो ।
लागु औषध सेवन गर्नेलाई हुने कानुनी कारवाहीको विषयमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणले विद्यार्थीलाई लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीले विश्वास लिएको छ ।



