
हुलाकी न्यूज, जनकपुर, २२ फागुन । जनकपुर उपमहानगरपालिकाको दोस्रो नगरपरिषद्मा रु. २९ करोड ५९ लाख ६६ हजारको बजेट प्रस्तुत भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले शुक्रबार आगामी आर्थिक वर्ष २०७३ र ०७४ का लागि बजेट प्रस्तुत गरेका थिए ।
प्रस्तुत बजेटले धार्मिक नगरी जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, मणिमण्डप, गङ्गा सागर र धनुष सागरको संरक्षण गर्नेमा जोड दिएको छ । यद्यपी बजेटलाई त्यति महात्वाकांक्षी नरहेको भन्ने गुनासो पनि सुनिएको छ ।
बजेटमा चालुगत खर्चतर्फ रु. १८ करोड ३५ लाख ७४ हजार तथा पुँजीगत खर्चतर्फ रु. ११ करोड २३ लाख ९२ हजार छ ।



