biratnagar-bus-park-
हुलाकी न्यूज, विराटनगर, २१ फागुन । सामान्य वर्षा हुँदा पनि हिलाम्मे र अस्तव्यस्त बन्ने बसपार्कको ठाउँमा अब विराटनगरमा अत्याधुनिक सुविधासम्पन्न दुई तले बसपार्क निर्माण हुने भएको छ ।

पूर्वाञ्चलको मूख्य शहरमा आफ्नै व्यवस्थित बसपार्क नभएको अवस्थामा विराटनगर उपमहानगरपालिकाले बसपार्क निर्माण योजना अघि बढाएको हो ।

विराटनगर-१५ स्थित हालको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा बसपार्क निर्माणको काम उपमहानगरपालिकाले अघि बढाएको जनाएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माणको गुरु योजना तयार गरिसकिएकाले यही महिना भित्र बसपार्कको निर्माणका लागि सम्झौता जानकारी दिए ।

नगर विकास कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाले साढे २ प्रतिशत रकम लगानी गर्नेछ ।

उपमहानगरपालिका योजना फाँटका इन्जिनियर अर्जुन थापाका अनुसार करिव डेढ बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लोतलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतीक्षालय, मजदुर, कर्मचारी बस्ने कोठालगायत हुनेछ । पहिलो तलामा रेष्टुरेन्ट, व्यागेज रुम, रहनेछ भने बसपार्क क्षेत्रको सबै भुँइलाई पिच बनाइने र बसपार्क्भित्रै वर्कसप, बिजुलीबाट गाडी धुनेजस्ता सुविधा पनि हुने बताइएको छ ।

नयाँ बन्ने भनिएको अत्याधुनिक बसपार्कमा दैनिक २७ वटा बस र २८ वटा माइक्रो बस आउने जाने गरी अट्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.