Upendra-yadav
हुलाकी न्यूज, वीरगञ्ज, २१ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस एमाले अब मधेशमा केवल “शो पिस” का रुपमा रहने बताएका छन् ।

पर्साको भावानीपुलमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यसो भनेका हुन् । उनले अब मधेसमा काँग्रेस एमाले जस्ता पार्टी “सो पिस” को रुपमा रहने र मधेसीले आफनो भविश्य फोरम नेपालमै सुरक्षित गर्ने जन लहर नै चलेको बताए ।

उनले राज्यले मधेसीलाई विदेशी मानेको पनि आरोप लगाए । मधेशीलाई विदेशी मानेकै कारण तराईमा ६ महिना लामो संर्घष र पाँच दर्जन बढीले ज्यान दिँदासमेत पहाडी मानसिकताले ग्रसित राज्यसत्ताले मधेसीलाई अधिकार नदिइएको यादवले आरोप लगाएका छन् ।

६ महिना लामो मधेस आन्दोलनले अहंकारी सरकारको कम्मर भाँचिएको र अबको आन्दोलनले टाउको भाँच्ने उनले दाबी गरे । ‘अलपसंख्यक, उत्पीडित वर्गको अधिकारलाई संविधानमा स्थापित गर्ने बताउँदै ‘अबको आन्दोलन पहाड, हिमाल, तराई चारैतिरबाट हुनेछ,’ उनले भने।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले मधेसी जनता आन्दोलनबाट नथाकेको र फेरि आन्दोलन गर्न तयार रहेको बताइन् ।

सयौँ काँग्रेसी फोरम नेपालमा प्रवेश

कार्यक्रममा नेपाली काँग्रेस पर्साका प्रभावशाली नेता ओमप्रकाश साह कानुको नेतृत्वमा सयौं कांग्रेसी फोरम नेपालमा प्रवेश गरेका छन्।
मधेसीको मुक्ती फोरम नेपाललेनै गर्ने विश्वास भएकै कारण ठूलो इतिहास बोकेको काँग्रेस, एमाले जस्ता पार्टी परित्याग गरी फोरम नेपालको झण्डामुनी गोलबन्द हुनेको संख्या दिनानुदिन बढदै गएको र आज आयोजित भएको यस कार्यक्रमले त्यसको पुष्टी गरेका अध्यक्ष यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.