fire
हुलाकी न्यूज, कपिलवस्तु, २१ फागुन । कपिलवस्तुको पथरदइयामा बिहीबार साँझ आगलागी हुदाँ तीन दर्जन घरगोठ जलेर नष्ट भएका छन् । आगलागीमा परी ८५ वर्षीय श्रीताजी गुप्ता र ४८ वर्षीय लालमति केवट घाइते भएका छन् ।

आगलागीबाट मोहित चौधरी, मनोज चौधरी, रामशरण चौधरी, शमजेल चौधरी ,गजानन्द शाही, जयनन्द चौहान, हिमालस चौहान, उमाकान्त चौहान, चिल्नु केवट हरिराम शाही, अयाकमुल खटिक, राम निवास खटिक , रामवावु पाल, मगरे यादव लगायतको घर गोठ जलेर नष्ट भएको बताइएको छ ।

आगलागीका कारणले ७० लाख भन्दा बढीको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।साँझपख खाना पकाउने क्रममा हावाहुरीका कारणले भएको आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा समेत जलेर नष्ट भएको छ ।

बालबालिकाहरुको अध्ययनसामग्री नै जलेर खरानी भएपछि नजिकिँदै गरेको वार्षीक परीक्षाको तयारीमा जुटेका बालबालिकाहरु समेत प्रभावित बनेका छन् । आगलागीबाट बस्ने बास नै जलेर नष्ट भएपछि अहिले त्यहाँका बासिन्दा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।

आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा तौलिहवाबाट आएको दमकलले नियन्त्रणमा लिएका थिए ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.