
हुलाकी न्यूज, वीरगञ्ज, २० फागुन । वीरगञ्जमा पत्रकार संतोष पटेलको नेतृत्वमा बिहीबार मधेश विकास अभियान नामक संस्था गठन गरिएको छ । वीरगंज पब्लिक कलेजको सभाहलमा बसेको सर्वपक्षीय बैठकले सो संस्था गठन गरेको हो ।
“समृद्ध मधेश समृद्ध नेपाल” मूल नाराका साथ गठित उक्त संस्थाले मुख्य रुपमा समृद्ध मधेश भए मात्र नेपाल समृद्ध हुने विश्वासका साथ सामाजिक क्रियाकलापसँगै अन्य कार्यक्रमहरु विभिन्न निकाय तथा संघ संस्थाहरुसँग समन्वय गरी संचालन गर्दै जाने संस्थाका संरक्षक डा. दिपक शाक्यले बताए ।
नव गठित मधेश विकास अभियानको सहसंयोजकमा ईश्वर यादव, सचिवमा ओमप्रकाश सर्राफ, कोषाध्यक्षमा समसेद अख्तर रहेका छन् । सदस्य एस.एम जहाँगस्त लगायत ९ सदस्यीय कार्य समिति गठन गरिएको छ ।



