
हुलाकी न्युज, बाँके ,२० फागुन । नेपालगञ्ज कोहलपुर सडकखण्डको गनापुर २ पिप्रहवा चोकमा एक मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो कोहलपुरबाट नेपालगञ्ज आइरहेको भे ५ प ९८०७ नम्बरको मोटरसाइकललाई नेपालगन्जबाट कोहलपुर जाँदै गरेको ना ३ ख ९२७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका कपिलवस्तुका २२ वर्षीय श्यामलाल गुप्ता र नेपालगञ्जकै २५ वर्षीय अनिल नेपालीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
(file photo)



