man-on-phone-dark
हुलाकी न्यूज, वीरगञ्ज , २० फागुन । वीरगञ्जका निजी विद्यालयका सञ्चालकहरुलाई फोनमा धम्की दिई रकम माग्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पटक–पटक फोनमार्फत धम्की दिने र रकम मागसहितको पत्र पठाउने वीरगञ्ज–१४ का ५३ वर्षीय रामबालक प्रसाद मुखियाविन र वीरगञ्ज–१७ का २२ वर्षीय महेश पटेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको कार्यकर्ता भन्दै उनीहरुले ५ लाख रुपैयाँ नदिए अपहरण गर्ने, गोली हान्ने, विद्यालयमा बम पड्काउने जस्ता धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाले फागुन १४ गत्ते साँझ स्थानीय साउथ जोन बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र सकेट बमसमेत प्रहार गरेको प्रहरीले जनाएको छ । बम प्रहारगर्दा उनीहरुले प्रयोग गरेको ना १२ प ७७८ नम्बरको मोटरसाइकलको आधारमा उनीहरुसम्म प्रहरी पुग्न सकेको हो ।

पक्राउ परेका महेश पटेल यसअघि हातहतियार मुद्दामा दुई पटक कारागार सजाय भोगिसकेका र रामबालक प्रसाद मुखियाबिन लागु औषध ओसारपसार मुद्दामा कैद सजाय भोगिसकेका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.