thagi garne pakrau
हुलाकी न्यूज, काठमाण्डौ, २० फागुन । एनसेल एप प्रयोग गरी एनसेलकै सेवाग्राहीलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका एक भारतिय नागरिकसहित तीनजनालाई पाँचथर प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बाराको लिपिनिमालका २४ वर्षीय जाकिर हुुसेन, बाराकै बरियापुरका २४ वर्षीय महताफ आलम र भारतको बिहारका २२ वर्षीय बली उल्लाह रहेको बताइएको छ ।

उनीहरु जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँगको सहकार्यमा बिरगञ्ज बसपार्कवाट फागुन १७ गते ५० हजार नगद र तीनथान माबाइलसहित पक्राउ परेका थिए ।

उनीहरु तीनै जना ठगी प्रकरणका मुख्य नाइके भारत राजस्थान बस्ने सुमित शर्माद्वारा परिचालित समूहका सदस्य रहेकोे र मुख्य अभियुक्त सुमितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि सोही प्रकरणमा संलग्न झापा गौरादह– ९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी– ९ का ३२ वर्षीय मेघनाथ गिरीलाई पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.