Madheshi_morcha_sachibalaya
हुलाकी न्यूज, काठमाडौं १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

मंगलबार र बुधबार बसेको मधेशी मोर्चाको सचिवालय बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको सदभावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताएका छन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत हाल जारी संविधान विरुद्ध हस्ताक्षर अभियान जारी राख्ने निर्णय गरिएको छ । त्यस्तै फागुन २५ गतेदेखि चैत १ गतेसम्म क्षत्रीय स्तरमा जागरण सभा गर्ने तथा चेतावनी अभिबृधि गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै चैत ५ गते जिल्लाको एक स्थानमा जम्मा भई एक घण्टासम्म मधेश आन्दोलनका नाराहरु लगाउँदै हल्ला बोल गर्ने ।

चैत ७ गते संविधान जारी गर्ने संसदहरुको ठूलो पुतला बनाई होलिका दहन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै मोर्चाले न्याय परिषदबाट सिफारिस गरिएको सिफारिस रद गरी समानुपातिक समावेशीका आधारमा सिफारिस गर्न माग गरेको छ ।

Morcha_bigyapati

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.