durgananda jha
हुलाकी न्यूज, काठमाण्डौ, १९ फागुन । बुधबार बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले शहिदको सूचिमा २२ जनाको नाम थपेको छ ।

शहिदको रुपमा थपिनेमा धनुषाका दुर्गानन्द झा , सिराहाका सूर्यनाथ यादव, झापाका विरेन्द्र राजवंशी लगायत रहेका छन् ।

सिराहाका राम उपाध्याय, लक्ष्मण उपाध्यायसँगै झापाका चन्द्र डांगी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठलाई पनि सरकारले शहिद घोषणा गरेको छ ।

शहिदको सूचिमा डडेल्धुराका भिमदत्त पन्त, इलामका रत्नबहादुर वान्तवा, सिन्धुलीका ऋषी देवकोटा, ओखलढुङ्गाका क्याप्टेन यज्ञबहादुर थापा, लीलानाथ दाहाल , ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, गोकर्ण बहादुर कार्की र धनकुटाका भिमनारायण श्रेष्ठ पनि रहेका छन् ।

त्यसैगरी नेपाल सरकारबाट शहिद घोषणा हुनेमा ताप्लेजुङका हरि नेपाल, सांखुवासभाका चन्द्रबहादुर पुरी र गुल्मीका समशेरबहादुर खत्री पनि छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.