Ck_raut_caders-2
हुलाकी न्यूज, काठमाडौं १९ फागुन । स्वतन्त्र मधेश गठबन्धनका ६ जना कार्यकर्ताहरुलाई विशेष अदालतले हिरासतमा राख्नका लागि म्याद थप गरेको छ ।

बुधबार ३ जनालाई १२ दिनका लागि म्याद थप गरिएको हो भने सोमबार पनि तीन जनालाई त्यतीनै दिनका लागि म्याद थप गरिएको थियो ।

बुधबार राजविराज ७ का सुरेन्द्र मधेशी, सप्तरी कल्याणपुर ३ का मो.अस्मान अन्सारी र सप्तरी भारदह ५ का बुधेश्वर मण्डलको म्याद थप गरिएको हो ।

त्यस्तै सोमबार सप्तरी भारदह १ का श्यामसुन्दर मण्डल, भारदह २ का सुरेन्द्र मण्डल र भारदह ५ का भोगेन्द्र शर्माको १२ दिन म्याद थप गरिएको थियो ।

पक्राउ परेका डा.सीके राउतका कार्यकर्ताहरुमाथि राज्य विरुद्धको अपराध मुद्दा लगाइएको छ ।

सोमबार म्याद थप गरिएकाहरुलाई काठमाडौंको बानेश्वर प्रहरी बृतमा चोरी–डकैती मादामा पक्राउ परेकाहरुसँगै राखिएकोले कार्यकर्ताहरुलाई समस्या भइरहेको गठबन्धनका उपाध्यक्ष चन्दन सिंहले हुलाकी न्यूजलाई बताए ।

Ck_raut_caders-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.