IMG_20160301_150655
हुलाकी न्यूज, भैरहवा, १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले प्रहरीले आफ्नो एक नेता गायब पारेको बताउदै २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ ।

संघिय समाजवादी फोरम नेपालका रुपन्देही सचिव राम अवतार यादवलाई १७ गते सोमबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय दयानगरले फोन गरि बोलाई बेपत्ता पारेको मोर्चाका संयोजक महेन्द्र यादवले प्रेस बिज्ञप्ती जारी गरि जनाएका छन् । “अहिले यादवलाई कुन मुद्दा, कहा र कुन अवश्थामा स्थानमा राखिएको छ ? निजको अवस्था सार्वजनिक गर्न नेपाल सरकारसंग मोर्चा जोडदार माग गर्दछ ” जारी बिज्ञप्तीमा उल्लेख छ ।

मधेश आन्दोलनमा सक्रिय रहेका नेता तथा कार्यकर्तालाई झुटा मुद्दा लगाई धर पकड गर्ने कार्य सरकारलाई अबिलम्ब बन्द गर्न समेत मोर्चाले चेतावनी दिएको छ ।

यता रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले यादवलाई केन्द्रिय अनुसन्धान ब्यूरो काठमाण्डौंको आग्रह अनुसार पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिएको बताए । उनलाई के अपराधमा पक्राउ गरिएको त्यो भने सिआईबीले नखुलाएको कार्कीले बताए । राम अवतार यादवलाई बेपत्ता पारिएको आरोप सरासर गलत भएको कार्कीले दावी गरे । उनले यादवलाई पक्राउ गर्ने समय मोर्चाका संयोजक महेन्द्र यादव पनि उपस्थित रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.